भारतमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

काठमाडौं । भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको […]

Mar 1, 2025 - 08:37
 0
भारतमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

काठमाडौं । भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।

“हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने ।

स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ ।

घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।

तिब्बतसँग सीमा जोडिएको माना गाउँका बासिन्दाहरू अत्यधिक मौसमबाट बच्नका लागि कम उचाईमा बसाइँ सरेपछि सुनसान भएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।

हिमालको माथिल्लो भेगमा विशेषगरी जाडो याममा हिमपहिरो र पहिरो खस्नु सामान्य कुरा हो ।

सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो ।

सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण छ हजार मानिसको मृत्यु भएको थियो र राज्यमा विकास परियोजनाहरूको पुनरावलोकनको माग गरिएको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register