महिनावारी रोकिनुमा गर्भावस्था मात्र होइन, छन् धेरै कारण

काठमाडौं । महिनावारी रोकिनु अर्थात् गर्भावस्था ? के तपाईं पनि यस्तै सोच्नुहुन्छ ? यदि तपाईंको जवाफ हो भने विश्वास गर्नुहोस् कि तपाईं गलत हुनुहुन्छ । डाक्टरहरू भने यसलाई सामान्य मान्छन् । यद्यपी केही विवाहित महिलाहरूको मामिलामा यस्तो हुन पनि सक्छ । वास्तवमा महिलाहरू यस कुरामा चिन्तित हुन्छन् कि आखिर हरेक महिना हुने महिनावारी यस पटक […]

Jan 16, 2025 - 11:56
 0
महिनावारी रोकिनुमा गर्भावस्था मात्र होइन, छन् धेरै कारण

काठमाडौं । महिनावारी रोकिनु अर्थात् गर्भावस्था ? के तपाईं पनि यस्तै सोच्नुहुन्छ ? यदि तपाईंको जवाफ हो भने विश्वास गर्नुहोस् कि तपाईं गलत हुनुहुन्छ ।

डाक्टरहरू भने यसलाई सामान्य मान्छन् । यद्यपी केही विवाहित महिलाहरूको मामिलामा यस्तो हुन पनि सक्छ ।

वास्तवमा महिलाहरू यस कुरामा चिन्तित हुन्छन् कि आखिर हरेक महिना हुने महिनावारी यस पटक ढिला वा मिस किन भइरहेको छ ? कतै यसको मतलब गर्भ त रहेन ? तर, गर्भावस्था परीक्षण गर्दा नतिजा नेगेटिभ आउँछ । यस्तो अवस्थामा बुझ्न सकिँदैन कि आखिर महिनावारीको मितिमा लगातार परिवर्तन भइरहेको छ ?

स्त्री तथा प्रसूति रोग विभागकी प्रोफेसर डा. अनुपम रानीकाअनुसार साधरणतया महिनावारी मिस हुनुका दुई खास कारण हुन सक्छ । पहिलो कारण हो, जब महिनावारी पहिलो पटक सुरु हुँदैछ र दोस्रो कारण जब मेनोपजको सङ्क्रमण सुरु हुन्छ । यद्यपी यसबाहेक पनि धेरै कारणहरू छन्, जब महिनावारी या त ढिला हुन्छ वा अनियमित हुन सक्छ । यस्तो अवस्थामा विभिन्न भ्रम त्यागेर डाक्टरको सल्लाह लिनुहोस् ।

गर्भावस्था मात्र होइन, महिनावारी मिस हुनुका यी पनि ५ कारण-

तनाव

डाक्टरकाअनुसार गर्भावस्थाबाहेक तनाव लिनु पनि महिनावारी मिस हुनु वा ढिला हुनुको कारण बन्न सक्छ । दीर्घकालीन तनावको कारणले धेरै पटक हर्मोनल परिवर्तन हुन्छ, जसले मस्तिष्कको त्यो भागलाई प्रभावित गर्छ, त्यसले महिनावारीलाई नियमित राख्ने काम गर्छ । यस्तो अवस्थामा तपाईंको तौल छिटो बढ्न वा घट्न थाल्छ । यस्तो हुँदा पनि महिनावारी ढिला वा मिस हुन थाल्छ ।

तौल घट्नु

शरीरको तौल छिटो घट्नु पनि धेरै पटक महिनावारी मिस हुनुको कारण बन्न सक्छ । विशेषज्ञकाअनुसार यदि शरीरबाट अचानक धेरै बोसो घट्न थाल्यो भने पनि तपाईंको महिनावारीको समय परिवर्तन हुनसक्छ । यति मात्र होइन, कहिलेकाहीँ यो महिनौँसम्म महिनावारी बन्द पनि हुन सक्छ ।

मोटोपना

यदि धेरै छिटो तौल बढिरहेको छ भने यस कारणले हर्मोनल परिवर्तन आउँछ र महिनावारी नियमित हुन सक्दैन । तौल बढ्नाले एस्ट्रोजेनको उत्पादन धेरै हुन थाल्छ, जसले प्रजनन हर्मोनलाई प्रभावित गर्छ । यस्तोमा महिनावारी ढिला हुन सक्छ ।

पीसीओएस

पोलिसिस्टिक ओभरी सिन्ड्रोम हुँदा शरीरमा पुरुष हर्मोन एन्ड्रोजेनको उत्पादन बढी हुन्छ । जसको कारणले शरीरमा सिस्ट बन्न थाल्छ । यस कारण डिम्बग्रन्थि अनियमित हुन्छ र कहिलेकाहीँ त महिनावारी हुने क्रम पनि बन्द हुन्छ ।

गम्भीर बिमारी

यदि तपाईं मधुमेह, सिलिएक रोग जस्ता बिमारीको चपेटामा पर्नुभयो भने यसबाट पनि हर्मोनल परिवर्तन हुन थाल्छ र यस प्रकारका समस्याहरू सुरु हुन्छ । यसको कारणले महिनावारीको असन्तुलन हुनु सामान्य कुरा हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register