बीवाईडी हाईटेक वीक सम्पन्न, १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रालिले सफलतापूर्वक बीवाईडी हाई–टेक वीक सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । बीवाईडी हाई–टेक वीकको एक महत्त्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको […]

Mar 3, 2025 - 12:21
 0
बीवाईडी हाईटेक वीक सम्पन्न, १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रालिले सफलतापूर्वक बीवाईडी हाई–टेक वीक सम्पन्न गरेको छ ।

चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो ।

बीवाईडी हाई–टेक वीकको एक महत्त्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो ।

यो महत्त्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक वीकको स्मरणमा साइमेक्स इङ्कले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ ।

इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘चीन बाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभूतपूर्व रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरूबाट उत्साहजनक रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रूपमा भइरहेको ईभी रूपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौं । १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register