मनमोहक मुस्ताङ (तस्वीरहरू)

काठमाडौं । प्राकृतिक तथा सांस्कृतिक रुपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् । अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन […]

May 31, 2025 - 08:31
 0
मनमोहक मुस्ताङ (तस्वीरहरू)

काठमाडौं । प्राकृतिक तथा सांस्कृतिक रुपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।

प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका संग्रहालयले पनि आगन्तुकहरुलाई पर्याप्त जानकारी दिन्छन् ।

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरु तुवालोले ढाकिँदै जान्छन् । जलवायु परिवर्तनका कारण हिमालहरु नाँगिदै गएकोमा स्थानीयका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन् ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register