को-को सहभागी हुँदैछन् ट्रम्पको शपथ समारोहमा ?

काठमाडौं । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ – राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन् ।’ सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका […]

Jan 20, 2025 - 06:57
 0
को-को सहभागी हुँदैछन् ट्रम्पको शपथ समारोहमा ?

काठमाडौं । सन् १९८० को कुरा हो ।

३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ – राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन् ।’

सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । उनले आज नेपाली समयअनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ । उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन् ।

शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ ।

यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए । ट्रम्पको लागि कसले प्रस्तुति दिनेछ भन्ने स्पष्ट छैन ।

प्रस्तुतिपछि ट्रम्पले क्यापिटल हिलको सेचुरी हलमा अमेरिकी सांसदहरूसँग खाजा खानेछन् । खाजामा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ ।

त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्‍याली निकालिनेछ । जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैँले गर्नेछन् ।

समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुँदैछन् । पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन पनि समारोहमा सहभागी हुनेछन् ।

विश्वका तीन धनी टेक उद्योगपतिहरू एलोन मस्क, जेफ बेजोस र मार्क जुकरबर्ग अतिथिहरूको सार्वजनिक सूचीमा छन् । उनीसँगै गुगलका भारतीय मूलका सीईओ सुन्दर पिचाई र एप्पलका टिम कुक पनि त्यहाँ पुग्नेछन् ।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिल्ली र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी पनि शपथ समारोहमा उपस्थित हुनेछन् ।

जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीका टिनो श्रुपाला र बेलायतको पपुलिस्ट पार्टी ‘रिफर्म पार्टी’का नेता निगेल फराजको नाम पनि अतिथिको सूचीमा परेको छ ।

समारोहमा भारतका विदेशमन्त्री डा. एस जयशंकर र चीनका उपराष्ट्रपति हान झेङ र अधिकांश देशका राजदूत सहभागी हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register