खराब कर्जा ह्वात्तै बढेपछि समृद्धि फाइनान्सको नोक्सानी झन् बढ्यो

काठमाडौँ । समृद्धि फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार पुष मसान्तसम्म फाइनान्सको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि फाइनान्सको नोक्सानी बढेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्स ६ करोड २८ लाख रुपैयाँ […]

Jan 21, 2025 - 03:00
 0
खराब कर्जा ह्वात्तै बढेपछि समृद्धि फाइनान्सको नोक्सानी झन् बढ्यो

काठमाडौँ । समृद्धि फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार पुष मसान्तसम्म फाइनान्सको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि फाइनान्सको नोक्सानी बढेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्स ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो । 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १७६.१९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १७.५७ प्रतिशतले बढेको छ । 

खराब कर्जा बढेकै कारण फाइनान्सको इम्पेयरमेन्ट चार्ज ६२ लाख रुपैयाँबाट बढेर ६ करोड १२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १५ रुपैयाँ ३४ पैसा ऋणात्मक छ भने वितरणयोग्य मुनाफा पनि ६८ करोड १ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । हाल ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको समृद्धि फाइनान्सको जगेडा कोष ४० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register