सगरमाथा आरोहण सुरु, ४२१ जनाले लिए अनुमति

झापा, २७ बैशाख । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको बताउनुभयो । सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा [...] The post सगरमाथा आरोहण सुरु, ४२१ जनाले लिए अनुमति appeared first on Jhapa Online.

May 10, 2025 - 03:05
 0
सगरमाथा आरोहण सुरु, ४२१ जनाले लिए अनुमति

झापा, २७ बैशाख । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको बताउनुभयो ।

सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको जनाइएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक÷दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।

The post सगरमाथा आरोहण सुरु, ४२१ जनाले लिए अनुमति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register