गाजामा इजरायली हमला : महिला र बालबालिकासहित १५ जनाको मृत्यु

देइर अल–बलाह । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा आइतबारसम्ममा १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ । इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो । उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको […]

Apr 7, 2025 - 03:56
 0
गाजामा इजरायली हमला : महिला र बालबालिकासहित १५ जनाको मृत्यु

देइर अल–बलाह । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा आइतबारसम्ममा १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ ।

इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो । उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको लहर र क्षेत्र कब्जा गरेको छ । साथै खाद्यान्न, इन्धन र मानवीय सहायताको आयातमा पनि रोक लगाएको छ ।

नासर अस्पतालका अनुसार पछिल्लो आक्रमणले दक्षिणी सहर खान युनिसमा एउटा पाल र एउटा घरमा प्रहार गरेको थियो । उक्त हमलामा पाँच पुरुष, पाँच महिला र पाँच बालबालिकाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले इजरायलमा आक्रमण गर्दा करिब एक हजार दुई सय मानिसका मृत्यु भएको थियो र दुई सय ५१ जना बन्धक बनाइएको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध सुरु भयो । युद्धविराम वा अन्य सम्झौताहरूमा अधिकाङ्श बन्धकहरू रिहा भइसकेपछि अझै पनि ५९ बन्धक गाजामा राखिएका छन् – जसमध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ६ सय ९५ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकुहरू थिए भनेर बताउँदैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार तीन सय ३८ जना घाइते भएको मन्त्रालयले बताएको छ । इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register