ब्राउनसुगरसहित ६  जना प्रहरीको नियन्त्रणमा

झापा, २८ बैशाख । झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई [...] The post ब्राउनसुगरसहित ६  जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

May 11, 2025 - 08:35
 0
ब्राउनसुगरसहित ६  जना प्रहरीको नियन्त्रणमा

झापा, २८ बैशाख । झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान शुरु गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप-महानगरपालिका-१६ का ३६ बर्षीय सुजन बि.क.लाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्राम तथा इटहरी-२० का ४० बर्षीय राजकुमार बस्नेत र २३ बर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

The post ब्राउनसुगरसहित ६  जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register