प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफले बागमती प्रदेशमाथि रवाफिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले बागमतीलाई १० विकेटले पराजित गरेको हो । बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा विनाविकेट पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरी २३ र राजमती ऐरी १४ रनमा अविजित रहिन् […]

Jan 23, 2025 - 07:16
 0
प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई १० विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफले बागमती प्रदेशमाथि रवाफिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले बागमतीलाई १० विकेटले पराजित गरेको हो ।

बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा विनाविकेट पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरी २३ र राजमती ऐरी १४ रनमा अविजित रहिन् ।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै १८ ओभर खेलेर ८ विकेटको क्षतिमा ४२ रन बनाएको थियो ।

बागमतीका लागि याशु पान्डे, साविका यादव र एली यादवले ८–८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि सुमन विष्टले ३, रेखा रावल र बिनु बुढाले २–२ तथा कविता जोशीले १ विकेट लिइन् ।

अब अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register