कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएका छन् : महानिर्देशक खत्री

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विद्यार्थीहरूलाई परामर्श दिन खुलेका कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएको बताएका छन् । शुक्रबार विभागको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक खत्रीले कन्सल्टेन्सीबाट ठगी भएको भन्दै धेरै मुद्दा आउने गरेको बताए । कन्सल्टेन्सीहरूले विद्यार्थी भिसाको अलवा अन्य रोजगारसम्बन्धी भिसा दिएर विदेश पठाइरहेको उनी बताउँछन् । उनले भने, ‘सबैले संस्थाबाट मात्र […]

Jan 24, 2025 - 10:22
 0
कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएका छन् : महानिर्देशक खत्री

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विद्यार्थीहरूलाई परामर्श दिन खुलेका कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएको बताएका छन् ।

शुक्रबार विभागको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक खत्रीले कन्सल्टेन्सीबाट ठगी भएको भन्दै धेरै मुद्दा आउने गरेको बताए ।

कन्सल्टेन्सीहरूले विद्यार्थी भिसाको अलवा अन्य रोजगारसम्बन्धी भिसा दिएर विदेश पठाइरहेको उनी बताउँछन् ।

उनले भने, ‘सबैले संस्थाबाट मात्र वैदेशिक रोजगारीको लागि आवेदन दिनुपर्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले सम्झौताअनुरूपको सेवा सुविधा नपाए हामीले संस्थाको व्यक्तिलाई बोलाएर कारबाही गर्छौँ र क्षतिपूर्ति दिलाउँछौँ । यदि व्यक्तिमार्फत गएको छ भने हामीलाई पनि गाह्रो हुन्छ ।’

साथै, उनले आफूहरू वैदेशिक रोजगार विभागअन्तर्गतका सबै कामलाई प्रविधिमैत्री बनाउने प्रयासमा जुटिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register