विदेशीले सगरमाथा चढ्न झण्डै २१ लाख तिर्नुपर्ने !  

काठमाडौँ । विदेशी नागरिकले सगरमाथा चढ्न झण्डै २१ लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि सगरमाथा चढ्दा लाग्ने दस्तुर बढाएसँगै अब विदेशी सगरमाथा चढ्न २० लाख ६९ हजार ६ सय ७६ रुपैयाँ तिर्नुपर्ने भएको हो । यसअघि विदेशी आरोहीका लागि सगरमाथा चढ्ने दस्तुर १५ लाख १७ हजार ६ सय ८० रुपैयाँ […]

Jan 26, 2025 - 12:02
 0
विदेशीले सगरमाथा चढ्न झण्डै २१ लाख तिर्नुपर्ने !  

काठमाडौँ । विदेशी नागरिकले सगरमाथा चढ्न झण्डै २१ लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि सगरमाथा चढ्दा लाग्ने दस्तुर बढाएसँगै अब विदेशी सगरमाथा चढ्न २० लाख ६९ हजार ६ सय ७६ रुपैयाँ तिर्नुपर्ने भएको हो ।

यसअघि विदेशी आरोहीका लागि सगरमाथा चढ्ने दस्तुर १५ लाख १७ हजार ६ सय ८० रुपैयाँ तिर्दै आएका थिए । 

पुष २४ गतेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण सम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो । यो नियम २०८२ भदौ १६ गतेदेखि लागू हुनेछ ।  

दस्तुर कम हुँदा सगरमाथा चढ्नेहरु धेरै हुने र त्यही कारण सगरमाथामा अत्याधिक भीड लाग्नुका साथै धेरै फोहोरमैला हुन थालेपछी सरकारले सगरमाथा चढ्दा लाग्ने दस्तुर बढाउने निर्णय गरेको हो । सगरमाथा चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बीमा लगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register