प्रचण्डले गरे चोत्लुङ पार्कको अवलोकन, परम्परागत शैलीको प्रशंसा

तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले सोमबार अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे । लालीगुराँस नगरपालिकाको पहलमा निर्माण […]

Jan 27, 2025 - 06:47
 0
प्रचण्डले गरे चोत्लुङ पार्कको अवलोकन, परम्परागत शैलीको प्रशंसा

तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।

रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले सोमबार अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।

लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए ।

प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएको प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register