काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन (तस्वीरहरू) 

काठमाडौं । भारतको जम्मू–कश्मीरअन्तर्गत पर्ने पहलगाम क्षेत्रमा वैशाख ९ गते पाकिस्तानी आतङ्ककारी समूहले नेपाली युवा विद्यार्थी सुदिप न्यौपानेसहित २६ जना भारतीय हिन्दु नागरिकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको घोर निन्दा गर्दै पाकिस्तानविरुद्ध कडा कारबाहीको माग गरेका छन् । उनीहरूले पाकिस्तानी सेनाका अध्यक्षले केही […]

Apr 26, 2025 - 07:17
 0
काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन (तस्वीरहरू) 

काठमाडौं । भारतको जम्मू–कश्मीरअन्तर्गत पर्ने पहलगाम क्षेत्रमा वैशाख ९ गते पाकिस्तानी आतङ्ककारी समूहले नेपाली युवा विद्यार्थी सुदिप न्यौपानेसहित २६ जना भारतीय हिन्दु नागरिकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको घोर निन्दा गर्दै पाकिस्तानविरुद्ध कडा कारबाहीको माग गरेका छन् । उनीहरूले पाकिस्तानी सेनाका अध्यक्षले केही दिनअघि विश्व हिन्दु समुदायविरुद्ध दिएको अपमानजनक अभिव्यक्तिले समेत धार्मिक उत्तेजना फैलाएको भन्दै विरोध जनाएका छन् ।

नेपाल नागरिक अभियानले एक ज्ञापन पत्रमार्फत विश्व समुदायसँग आतङ्कवादका विरुद्ध ऐक्यबद्धता जनाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन आह्वान गरेको छ । प्रदर्शनको क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा धर्ना बसेर आफ्नो आवाज बुलन्द गरेका थिए ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register