जनसम्पर्क समिति यूकेमा उपसभापति र महामन्त्रीसहितका पदाधिकारी मनोनित

लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेमा विभिन्न पदाधिकारी तथा सदस्य मनोनित भएका छन्। समितिका कार्यकारी सभापति युवराज सिंहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र तीन कार्यसमिति सदस्य मनोनित गरेका हुन्। समितिको उपसभापतिमा असल लिम्बू, महामन्त्रीमा विनय दाहाल र सहमहामन्त्रीमा किशोर गुरुङ मनोनित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरुमा दिपककुमार तुम्बापो, राजकुमार देउवा र प्रल्हाद कंडेललाई मनोनयन गरिएको […]

Jan 27, 2025 - 19:35
 0
जनसम्पर्क समिति यूकेमा उपसभापति र महामन्त्रीसहितका पदाधिकारी मनोनित

लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेमा विभिन्न पदाधिकारी तथा सदस्य मनोनित भएका छन्।

समितिका कार्यकारी सभापति युवराज सिंहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र तीन कार्यसमिति सदस्य मनोनित गरेका हुन्। समितिको उपसभापतिमा असल लिम्बू, महामन्त्रीमा विनय दाहाल र सहमहामन्त्रीमा किशोर गुरुङ मनोनित भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा दिपककुमार तुम्बापो, राजकुमार देउवा र प्रल्हाद कंडेललाई मनोनयन गरिएको हो।

सभापति युवराज सिंहले विधानले दिएको अधिकारबमोजिम नयाँ पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको जानकारी दिए। नयाँ पदाधिकारीहरुको मनोनयनसम्बन्धि जानकारी नेपाली कांग्रेस केन्द्रीय समितिलाई पठाइसकिएको उनले बताए।

सभापति सिंहले नयाँ पदाधिकारी तथा सदस्यहरुले संस्थाको उद्धेश्य र मूल्यमान्यताअनरुप कुशलतापूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

उनीहरुको योगदानले संस्थालाई अझ मजवुत र प्रभावकारी बनाउन सहयोग पुग्ने आशा उनको छ।

उपसभापति असल लिम्बू (दायाँ) र महामन्त्री विनय दाहाल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register