लिङ्देनको चेतावनी : कमल थापालाई स-सम्मान रिहा नगरे झनै सशक्त आन्दोलन हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् । नारायणचौरमा राजसंस्था पक्षधरको आन्दोलनलाई सम्बोधन गर्दै उनले आफूहरूको भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्न सरकारलाई आग्रह गरे । लिङ्देनले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स–सम्मान रिहाइ नगरे सोमबारबाट झनै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । ‘हाम्रो […]

Jun 1, 2025 - 11:49
 0
लिङ्देनको चेतावनी : कमल थापालाई स-सम्मान रिहा नगरे झनै सशक्त आन्दोलन हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् ।

नारायणचौरमा राजसंस्था पक्षधरको आन्दोलनलाई सम्बोधन गर्दै उनले आफूहरूको भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्न सरकारलाई आग्रह गरे ।

लिङ्देनले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स–सम्मान रिहाइ नगरे सोमबारबाट झनै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

‘हाम्रो भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्नू । राप्रपा नेपालका अध्यक्षलाई तुरुन्त रिहा नगरे एकैपटक ५० स्थानबाट प्रदर्शन निस्कने छ,’ उनले भने ।

लिङ्देनले जनताले बिकल्प खोजेकै कारण देश आन्दोलनमय भएको जिकिर गरे ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीले आइतबार नारायणचौरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

नारायणचौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपनि प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा प्रहरीले लाठिचार्ज गरेको थियो भने राप्रपा नेपालका अध्यक्ष थापा लगाएत केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीहरू नारायणचौर क्षेत्रमा नै धर्नामा बसेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।

आफूहरुको मुद्दा स्थापित नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताउँदै आएका छन् ।

राजसंस्था पक्षधर आन्दोलनकारीमाथि प्रहरीको लाठीचार्ज, कमल थापालाई घिसार्दै भ्यानमा राखियो (तस्वीरहरू)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register