झापामा सवारी दुर्घटना : नौ महिनामा ६६ जनाको मृत्यु
सन्तोष शर्माबनियानी, १२ चैत । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा आठ सय ७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । ती दुर्घटनामा एक हजार तीन सय ९६ [...] The post झापामा सवारी दुर्घटना : नौ महिनामा ६६ जनाको मृत्यु appeared first on Jhapa Online.

सन्तोष शर्मा
बनियानी, १२ चैत । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा आठ सय ७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । ती दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् ।
साउनमा १० जना, भदौमा छ जना, असोजमा ११ जना, कात्तिकमा १४ जना, मंसिमा १० जना, पुस, माघ र फागुनमा पाँच/ पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
यता, कार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाई कार्यालयले कारबाही गरेको छ । ती सवारी साधनलाई कारबाही गरी रू दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने ती कार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।
उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याएको ट्राफिक प्रमुख पौडेलले बताउनुभयो ।
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि शिक्षकमार्फत् विद्यार्थीसम्म सवारी नियमबारे ज्ञान प्रदान गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
“जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दैछौं”, उहाँले भन्नुभयो, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको समन्वयमा कार्यक्रम गरिने उहाँले बताउनुभयो । तालिमपछि उनीहरुलाई ‘ट्राफिक शिक्षक’का रुपमा छनोट गरिएको÷गरिने उहाँले बताउनुभयो ।
The post झापामा सवारी दुर्घटना : नौ महिनामा ६६ जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






