रवि लामिछाने भन्छन् – सरकारको लाज छोप्न अदालतमा घुमिरहेको छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देश गम्भीर अवस्थामा रहेको बताएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएपछि उनले यस्तो बताएका हुन् । दुई तिहाइको सरकारले तमाम समस्या समाधान गर्नुपर्नेमा त्यसको उल्टो कार्य गरिरहेको लामिछानेको भनाइ छ । उनले भने, “दुई तिहाइको सरकारले जनताको तमाम समस्या समाधान गर्नुपर्ने थियो । तर, […]

Mar 21, 2025 - 08:43
 0
रवि लामिछाने भन्छन् – सरकारको लाज छोप्न अदालतमा घुमिरहेको छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देश गम्भीर अवस्थामा रहेको बताएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएपछि उनले यस्तो बताएका हुन् ।

दुई तिहाइको सरकारले तमाम समस्या समाधान गर्नुपर्नेमा त्यसको उल्टो कार्य गरिरहेको लामिछानेको भनाइ छ । उनले भने, “दुई तिहाइको सरकारले जनताको तमाम समस्या समाधान गर्नुपर्ने थियो । तर, त्यसको उल्टो काम गरिरहेको छ ।”

सरकारले लाज छोप्नलाई आफू अदालतमा घुमिरहेको उनले बताए । “म आवेग उत्तेजनामा छैन । म बोले दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । सरकारको लाज छोप्न अदालतमा घुमिरहेको छु ।”

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।

उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले शुक्रबार दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register