आर्थिक समृद्धिको यात्रामा सरकार निरन्तर लागिरहेको छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले यस्तो बताएका हुन् । उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय […]

Jan 29, 2025 - 09:00
 0
आर्थिक समृद्धिको यात्रामा सरकार निरन्तर लागिरहेको छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरेका छन् । गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताए। उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताए । उनले भने, ‘म सरकारको तर्फबाट पुन: प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, शुसान, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन । हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।’

गृहमन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवर्द्धनमा सरकार निरन्तर लागिरहेने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिँदै उनले लोकतन्त्रको रक्षा गर्दै सहिदहरूको बलिदानलाई सार्थक तुल्याउने कार्यमा सहकार्य गर्न सबैमा आह्वान गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register