हेल्प नेपालसँग पराजित हुँदा एपीएफको यात्रा समाप्त
काठमाडौं । पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फबाट एपीएफ क्लबको यात्रा समाप्त भएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा टिपटप हेल्प नेपालसँग ३–२ को सेटमा पराजित भएपछि एपीएफको यात्रा टुङ्गिएको हो । हेल्प नेपालले एपीएफलाई पहिलो सेटमा २५–२२ र दोस्रोमा २९–२७ ले हरायो । तेस्रो सेटमा एपीएफले हेल्प नेपाललाई २५–१३ र चौथोमा २५–२३ […]

काठमाडौं । पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फबाट एपीएफ क्लबको यात्रा समाप्त भएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा टिपटप हेल्प नेपालसँग ३–२ को सेटमा पराजित भएपछि एपीएफको यात्रा टुङ्गिएको हो ।
हेल्प नेपालले एपीएफलाई पहिलो सेटमा २५–२२ र दोस्रोमा २९–२७ ले हरायो ।
तेस्रो सेटमा एपीएफले हेल्प नेपाललाई २५–१३ र चौथोमा २५–२३ ले पराजित गर्यो । यससँगै खेल २–२ को बराबरीमा पुग्यो ।
पाँचौं सेटमा भने हेल्प नेपालले एपीएफलाई १५–१२ ले पराजित गर्यो ।
अब हेल्प नेपालले लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । सो खेलमा जित हासिल गरेमा हेल्प नेपालले एलिमिनेटरमा स्थान पक्का गर्नेछ । पराजित हुने टोलीको यात्रा भने समाप्त हुनेछ ।
What's Your Reaction?






