अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाँटा नगरपालिका १ घर भइ हाल काठमाडौँ टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् । उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेका थिए । काठमाडौँ उपत्यका […]

Jan 29, 2025 - 11:18
 0
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाँटा नगरपालिका १ घर भइ हाल काठमाडौँ टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई उक्त आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register