विमान दुर्घटनामा ट्रम्पको प्रश्न – ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’

काठमाडौं । अमेरिकी एअरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीमा सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । आकस्मिक सेवाका कर्मचारी उद्धार कार्यमा जुटेका छन् । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए । दुर्घटनामा अहिलेसम्म १८ जना मृत फेला परेको सीबीएस न्यूजले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा बोलेका […]

Jan 30, 2025 - 07:43
 0
विमान दुर्घटनामा ट्रम्पको प्रश्न – ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’

काठमाडौं । अमेरिकी एअरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीमा सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।

आकस्मिक सेवाका कर्मचारी उद्धार कार्यमा जुटेका छन् । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

दुर्घटनामा अहिलेसम्म १८ जना मृत फेला परेको सीबीएस न्यूजले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा बोलेका छन् । उनले हेलिकोप्टरले किन बाटो परिवर्तन नगरेको भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “विमान विमानस्थलतर्फ जाँदै थियो । हेलिकोप्टर सिधै विमानतर्फ गइरहेको देखिन्छ । यो रात स्पष्ट थियो । विमानको बत्ती पनि बलिरहेको थियो । त्यसो हुँदा पनि हेलिकोप्टर किन घुमेन ? वा किन माथि या तल गएन ?”

“यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने किन हेलिकोप्टर चालक दललाई के गर्ने भनेर बताएन ? यो नराम्रो अवस्था हो । यस्तो हुनबाट रोक्नुपर्ने थियो । यो ठीक होइन ।” उनले भने ।

अमेरिकामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : अहिलेसम्म १८ जना मृत फेला

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register