पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, उचित जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

नयाँ दिल्ली । भारतले ’अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । लाहोरलगायतका नौ स्थानमा मङ्गलबार राति आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । ती सबै स्थानहरूबाट भारतमाथि हुने आतङ्की आक्रमणहरूको योजना र निर्देशन भइरहेको भारतीय पक्षको दाबी छ । यो कारबाही अप्रिल २२ (वैशाख ९)मा भारतनियन्त्रित […]

May 7, 2025 - 01:12
 0
पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, उचित जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

नयाँ दिल्ली । भारतले ’अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ ।

लाहोरलगायतका नौ स्थानमा मङ्गलबार राति आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

ती सबै स्थानहरूबाट भारतमाथि हुने आतङ्की आक्रमणहरूको योजना र निर्देशन भइरहेको भारतीय पक्षको दाबी छ ।

यो कारबाही अप्रिल २२ (वैशाख ९)मा भारतनियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जसमा एक नेपाली पनि परेका थिए । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो । केवल चिनिएका आतङ्की शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । उनले यसको उचित जवाफ दिने चेतावनी दिएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register