विधेयकले प्रयोगकर्तालाई जेल-जरिवाना मात्र होइन, सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाउन सक्ने
काठमाडौं । सरकारले चाहेको खण्डमा जतिसुकै बेला जुनसुकै सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सक्ने खतरा देखिएको छ । केही दिन अघि सङ्घीय संसद्‌मा दर्ता गराइएको सामाजिक सञ्जाल विधेयक पारित भएमा नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्तासँगै प्लेटफर्मलाई समेत समस्या हुने देखिएको हो । विधेयकको दफा १२ मा अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तहरू राखिएका छन् । जसको उपदफा (क) मा भनिएको छ - नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हितमा खलल ...

What's Your Reaction?






