अमेरिकामा विमान दुर्घटना : हवाई ट्राफिक नियन्त्रकको अडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर ठोक्किएर दुर्घटना हुनुभन्दा अगाडिको अडिओ सार्वजनिक भएको छ । सीबीएस न्यूजकाअनुसार स्थानीय समयअनुसार राति ९ बजे ६४ जना सवार विमान र तीन जना सवार हेलिकोप्टरमा ठोक्किएका थिए । अहिलेसम्म १८ जनाको शव नदीमा फेला परेको छ । अहिले दुर्घटना अगाडिको एअर ट्राफिक कन्ट्रोल […]

Jan 30, 2025 - 10:25
 0
अमेरिकामा विमान दुर्घटना : हवाई ट्राफिक नियन्त्रकको अडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर ठोक्किएर दुर्घटना हुनुभन्दा अगाडिको अडिओ सार्वजनिक भएको छ ।

सीबीएस न्यूजकाअनुसार स्थानीय समयअनुसार राति ९ बजे ६४ जना सवार विमान र तीन जना सवार हेलिकोप्टरमा ठोक्किएका थिए । अहिलेसम्म १८ जनाको शव नदीमा फेला परेको छ ।

अहिले दुर्घटना अगाडिको एअर ट्राफिक कन्ट्रोल टावरको अडिओ सार्वजनिक भएको छ ।

जसमा दुर्घटना हुनुभन्दा ३० सेकेन्डभन्दा कम समयअघि रोनाल्ड् रेगन वासिङ्टन विमानस्थलका हवाई ट्राफिक नियन्त्रकले हेलिकोप्टरसँग गरेको कुराकानी उल्लेख छ ।

नियन्त्रकले भनेका छन्, “पीएटी २५, सीआरजे देख्नुभएको छ ?”

केही बेरपछि नियन्त्रकले भने  – “‘पीएटी २५, सीआरजे (यात्रु जेट)को पछाडिबाट जानुहोस्।'”

हेलिकोप्टरबाट कुनै प्रतिक्रिया आएको सुनिदैँन । केही सेकेन्डपछि विमान र हेलिकोप्टर ठोक्किए ।

घटना नियालिरहेका पाइलटले तुरुन्तै रेडियोमा फोन गरे, “टावर, तपाईंले त्यो देख्नुभयो ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register