त्रिशूली नदीमा मोटरसाइकलसहित दुई जना खसे

झापा, ७ बैशाख । त्रिशूली नदीमा मोटरसाइकलसहित आज दुई जना खसेका छन् । बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशुली नदीमा खसेका दुई जनामध्ये एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने अर्का व्यक्तिको खोजी गरिरहेको छ। घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमान्डमा गोताखोरसहितको सुरक्षाकर्मी [...] The post त्रिशूली नदीमा मोटरसाइकलसहित दुई जना खसे appeared first on Jhapa Online.

Apr 20, 2025 - 16:03
 0
त्रिशूली नदीमा मोटरसाइकलसहित दुई जना खसे

झापा, ७ बैशाख । त्रिशूली नदीमा मोटरसाइकलसहित आज दुई जना खसेका छन् ।

बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशुली नदीमा खसेका दुई जनामध्ये एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने अर्का व्यक्तिको खोजी गरिरहेको छ।

घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमान्डमा गोताखोरसहितको सुरक्षाकर्मी परिचालन भएको थियो । खोजतलासको क्रममा बा प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भएको हो । उद्धार गरिएकाको साथबाट मीनबहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ ।

The post त्रिशूली नदीमा मोटरसाइकलसहित दुई जना खसे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register