पुस्तक बेचेको पैसाबाट डा. ओम मूर्तिले विद्यार्थी पढाउँदै, देशभरीबाट आवेदन माग

काठमाडौं । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त भएको रकमबाट छात्रवृत्ति प्रदान गर्नु हुने भएको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति उहाँद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’मार्फत् सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई २० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको हो ।देशभरीका विद्यार्थीलाई प्रदान गरिने […]

Jan 30, 2025 - 14:18
 0
पुस्तक बेचेको पैसाबाट डा. ओम मूर्तिले विद्यार्थी पढाउँदै, देशभरीबाट आवेदन माग

काठमाडौं ।

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त भएको रकमबाट छात्रवृत्ति प्रदान गर्नु हुने भएको छ ।

स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति उहाँद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’मार्फत् सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई २० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
देशभरीका विद्यार्थीलाई प्रदान गरिने उक्त छात्रवृत्तिका लागि फागुन ५ गतेसम्म कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीबाट आवेदन माग गरिएको छ ।

छात्रवृत्तिमा सहभागी हुन फाउन्डेसनको वेबसाइट www.dromfoundation.com मा रहेको छात्रवृत्ति फारम भरेर आवेदन दिन सकिनेछ । प्राप्त आवेदनहरूबाट लाभग्राही विद्यार्थी छनोट गरी प्राथमिकताका आधारमा छात्रवृत्ति प्रदान गरिँदै जाने फाउन्डेसनले जनाएको छ ।

छात्रवृत्तिका निम्ति पहिलो चरणमा फाउन्डेसन आफैंले रकमको व्यवस्था गरेको छ । दोस्रो चरणमा यस अभियानमा सहभागी हुन इच्छुक कुनै व्यक्ति वा संस्थाले थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न इच्छा व्यक्त गरेमा त्यसका लागि फाउन्डेसनले सहजीकरण गरिदिने भएको छ ।

छात्रवृत्तिमा विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सकिनेछ । तर, आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, अन्य कुनै प्रकारको छात्रवृत्ति प्राप्त नगरेको लगायतका कागजात संलग्न गराउनुपर्नेछ । लेखक समेत रहनुभएका डा. ओम मूर्ति अनिलले गत वर्ष प्रकाशित आफ्नो ‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ‘डा. ओम फाउन्डेसन’मार्फत् खर्च गर्ने पूर्वघोषणा गर्नुभएको थियो ।

फाउन्डेसनले आफ्नो उद्देश्य अनुरुप विभिन्न कार्यक्रम गर्दै आएको छ । जसमध्ये देशका विभिन्न ठाउँमा सात वटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको छ । उक्त शिविरमा बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरेको थियो ।

त्यस्तै विपन्न तथा सिमान्तकृत समुदायका हालै ३५० घरपरिवारलाई कम्बल वितरण गरेको छ । स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीहरुका निम्ति निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ । जसबाट सयौंले सेवा लिइरहेको छ । यसैगरी विद्यार्थीलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य जागरुकतासम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

गत वर्ष धुम्रपानविरुद्धका अभियानमा देशभरका विद्यार्थीहरुलाई सहभागी गराई हाजिरी जवाफ, चित्रकला, कविता प्रतियोगितामा सयभन्दा बढी विद्यालयका हजारौं विद्यार्थी सहभागी भएका थिए ।

धुम्रपानविरुद्धकै अभियानमा १७ सय जनाभन्दा बढीलाई धुम्रपान तथा सूर्ती सेवनको लत छुटाएको थियो । फाउन्डेसनले ५० जनाभन्दा बढीलाई सीपीआर तालिम प्रदान गरी अकस्मिक रुपमा हुने स्वास्थ्य जटिलता र पीडितको जीवन रक्षा गर्न सहयोग गर्ने ज्ञान प्रदान गर्नेलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register