राजस्थानको चेन्नईमाथि सहज जित, आज मुम्बई र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि ६ विकेटको सहज जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न खेलमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । राजस्थानको जितमा ओपनर यशस्वी जैसवालले आक्रामक ब्याटिङको मुख्य भूमिका रह्यो । उनले १९ बलमा ५ चौका […]

May 21, 2025 - 03:11
 0
राजस्थानको चेन्नईमाथि सहज जित, आज मुम्बई र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि ६ विकेटको सहज जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न खेलमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।

राजस्थानको जितमा ओपनर यशस्वी जैसवालले आक्रामक ब्याटिङको मुख्य भूमिका रह्यो । उनले १९ बलमा ५ चौका र २ छक्कासहित ३६ रन जोडे ।

दोस्रो विकेटका लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको बलियो आधार बनाए ।

कप्तान सामसनले ४१ रनको योगदान दिए भने वैभवले ३३ बलमा ४ छक्का र ४ चौकासहित ५७ रनको अर्धशतकीय योगदान दिए ।

ध्रुव जुरेल (३१) र सिमरोन हेटमायर (१२) अविजित रहँदै राजस्थानको विजय सुनिश्चित गरे । चेन्नईका लागि रविचन्द्रन आश्विनले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा चेन्नईले टस हारेर सुरुमा ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८७ रन जोड्यो । चेन्नईका लागि आयुष म्हात्रेले ४३, डेवाल्ड ब्रेभिसले ४२, शिवम दुबेले ३९ रन जोडे ।

त्यस्तै, कप्तान महेन्द्र सिंह धोनीले १६, रविचन्द्रन आश्विनले १३, उर्विल पटेलले १३ र डेभन कन्वेले १० रन जोड्न सके ।

राजस्थानका लागि आकाश मधवाल र युद्धविर सिंहले ३/३ तथा तुषार देशपाण्डे र वानिन्दु हसरंगाले १/१ विकेट लिए ।

जारी सिजनमा राजस्थान र चेन्नई दुवैको प्रदर्शन कमजोर रह्यो । अंक तालिकाको नवौं स्थानमा रहेको राजस्थानले १४ खेलमा १० मा हार तथा ४ खेलमा मात्र जित निकालेको छ । यस्तै, तालिकाको पुछारमा रहेको चेन्नईले १३ खेलमा १० मा हार तथा ३ खेलमा जित दर्ता गरेको छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुनेछन् । यो खेल जित्ने टोलीको प्लेअफ सम्भावना बलियो बन्नेछ । दिल्ली आज जित्नैपर्ने दबाबमा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register