कलाकार गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा […]

Jun 3, 2025 - 05:15
 0
कलाकार गौतमको निधन

काठमाडौं ।

कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ ।

चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् । डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए ।

अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले सामाजिक संजालबाट शोक व्यक्त गरेका छन् ।उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।  गौतमको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register