कान्तिलोकपथ ४ दिन बन्द हुने, प्रयोग गर्नुस् यी वैकल्पिक मार्ग

काठमाडौं । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने प्रशासनको सूचनामा जनाइएको छ । सो अवधिमा […]

Jun 3, 2025 - 05:37
 0
कान्तिलोकपथ ४ दिन बन्द हुने, प्रयोग गर्नुस् यी वैकल्पिक मार्ग

काठमाडौं । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने प्रशासनको सूचनामा जनाइएको छ । सो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न भनिएको छ ।

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न सकिने सूचनामार्फत जानकारी दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register