आत्मकेन्द्रित व्यक्तिको पहिचान कसरी गर्ने ?

काठमाडौं । मानिस एक सामाजिक प्राणी हो, जसले समाजमा बसेर आफ्नो विकास र व्यक्तित्व निर्माण गर्छ । हाम्रो वरिपरि धेरै प्रकारका व्यक्तिहरू बस्छन्, जसको आ–आफ्नै स्वभाव र गुण हुन्छ । केही व्यक्ति यस्ता हुन्छन्, जसको संसार केवल आफ्नै वरिपरि घुम्छ । उनीहरू आफ्नै हिसाबले संसारलाई हेर्न र सुन्न रुचाउँछन् । यस्ता मानिसहरूका लागि अरूको राय […]

Feb 1, 2025 - 11:10
 0
आत्मकेन्द्रित व्यक्तिको पहिचान कसरी गर्ने ?

काठमाडौं । मानिस एक सामाजिक प्राणी हो, जसले समाजमा बसेर आफ्नो विकास र व्यक्तित्व निर्माण गर्छ ।

हाम्रो वरिपरि धेरै प्रकारका व्यक्तिहरू बस्छन्, जसको आ–आफ्नै स्वभाव र गुण हुन्छ । केही व्यक्ति यस्ता हुन्छन्, जसको संसार केवल आफ्नै वरिपरि घुम्छ । उनीहरू आफ्नै हिसाबले संसारलाई हेर्न र सुन्न रुचाउँछन् ।

यस्ता मानिसहरूका लागि अरूको राय वा विचारको कुनै महत्त्व हुँदैन । यस्तो व्यक्तिसँग जीवन बिताउन केही कठिन हुनसक्छ, किनभने न त उनीहरूले कहिल्यै तपाईंको कुरा बुझ्न सक्छन् न त तपाईंले उनीहरूको । यस्ता व्यक्तिलाई आत्मकेन्द्रित भनिन्छ र उनीहरू केवल आफैँलाई मात्र महत्त्व दिन्छन् । त्यसैले यस्ता मानिसहरूसँग दूरी बनाउनु नै राम्रो हुन्छ, जसले गर्दा तपाईंलाई कुनै प्रकारको समस्या नपरोस् । यसका लागि यस्ता व्यक्तिहरूको पहिचान गर्नु अत्यन्त आवश्यक छ ।

आत्मकेन्द्रित व्यक्तिको पहिचान कसरी गर्ने ?

सङ्केतहरू–

  • उनीहरू सबै कुराकानीमा हाबी हुन चाहन्छन् । उनीहरू चाहन्छन् कि केवल आफ्नैबारेमा कुरा होस्, आफ्नै उपलब्धिको चर्चा होस् र केवल आफ्नै विचारहरू सुनुन् र बुझिदिउन् । यस्तो व्यक्तिसँग कुरा गर्दा केही असहज महसुस हुन्छ ।
  • उनीहरू आफ्नै तरिकाले सबै काम गर्न चाहन्छन् । यदि कुनै कामको लागि विशेष नियम छन् भने ती उनीहरूका लागि महत्त्वपूर्ण हुँदैन । उनीहरूलाई आफ्नै तरिकाले चीजहरू गर्न मनपर्छ ।
  • उनीहरूमा दया र करुणाको भाव धेरै कम हुन्छ । कसैप्रति दयाको भाव तब आउँछ, जब तपाईं उनीहरूको ठाउँमा बसेर सोच्नुहुन्छ र त्यसपछि कुनै काम गर्नुहुन्छ । तर, आत्मकेन्द्रित व्यक्तिहरू अरूको दृष्टिकोणबाट कुनै कुरा हेर्न पटक्कै मन पराउँदैनन् र अरूमाथि आफ्नै विचारहरू थोपर्छन् ।
  • उनीहरू छिटो आफ्ना असफलताहरूको दोष अरूलाई दिएर पन्छिन चाहन्छन् । कुनै गल्तीको जिम्मेवारी लिनबाट भाग्छन् र गल्तीको आरोप लागेपछि ठूलो स्वरमा आफूलाई सही साबित गर्ने प्रयास गर्छन् ।
  • उनीहरू अरूमा कमी खोजेर उनीहरूको निन्दा गर्ने कुनै मौका छोड्दैनन् । यसरी उनीहरू आफ्ना गल्तीहरू लुकाएर अरूका गल्तीहरूको भण्डाफोर गर्नमा सिपालु हुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register