झापामा कुकुरको टोकाइबाट एक बालकको मृत्यु

दमक । कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एकजना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो । विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या […]

Feb 2, 2025 - 02:00
 0
झापामा कुकुरको टोकाइबाट एक बालकको मृत्यु

दमक । कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एकजना बालकको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।

विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो ।

बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो ।

उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register