तीन सवारी साधन दुर्घटना हुँदा  दुई जना घाइते

उदयपुर ।  शनिवार उदयपुरको गाईघाटबाट नेपालटार जाने मदन भण्डारी लोकमार्ग खण्डमा ३ सवारी साधन दूघर्टना हुँदा २ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार तीनबटै सवारी साधन पश्चिमतिरबाट गाईघाट आउँदै गरेको अवस्थामा फरक फरक ठाउँमा दुर्घटना भएको र एक महिला तथा एक पुरुष सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

May 31, 2025 - 13:27
 0
तीन सवारी साधन दुर्घटना हुँदा  दुई जना घाइते

उदयपुर ।

 शनिवार उदयपुरको गाईघाटबाट नेपालटार जाने मदन भण्डारी लोकमार्ग खण्डमा ३ सवारी साधन दूघर्टना हुँदा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार तीनबटै सवारी साधन पश्चिमतिरबाट गाईघाट आउँदै गरेको अवस्थामा फरक फरक ठाउँमा दुर्घटना भएको र एक महिला तथा एक पुरुष सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताएका छन् ।

सूचना अधिकारी दोङका अनुसार उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीबाट यात्रु लिएर गाईघाट आउँदै गरेको स १ ह २९४४ नम्बरको अटो मदन भण्डारी लोकमार्गमा आपसेआप गति अनियन्त्रित  भएर पल्टिएको भएपनि घाइते वा मानवीय क्षति भएको छैन ।

यसैगरी शनिवार नै १२ बजेतिर उदयपुरगढी ७ अधेरी जोगी टोलमा नेपालटार तिरबाट गाईघाट आउँदै गरेको टिपर दुर्घटना भएको छ । प्रदेश २ —०३— ००१क— ०५५७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक भेषराज मगर सामान्य घाइते भएको सूचना अधिकारी दोङले बताए ।

यसैगरी शनिवार नै नेपालतिरबाट गाईघाट आउँदै गरेको प्रदेश १— ०२— ००१ ज ४५७४ नम्बरको एक क्याबको बोलेरो त्रियुगा नगरपालिका ७ होक्सेस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना हुँदा रमा ढुंगाना नाम गरेकी महिला सामान्य घाइते भएको र बोलेरो चालक  भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी दोङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register