उदयपुरबाट भोजपुर जाने सडक अवरुद्ध

 उदयपुर ।  शनिवार बिहान १० बजेतिर परेको वर्षाले गर्दा उदयपुरको मैनामैनीबाट भोजपुर जाने सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङले दिएको जानकारी अनुसार उदयपुरको बेलाका  नगरपालिका वडा नं ८ स्थित भोजपुर जाने सडकमा पर्ने कोठू खोलामा बाढी आएपछि र पहिरो झरेपछि सडक अवरुद्ध भएको हो […]

May 31, 2025 - 13:09
 0
उदयपुरबाट भोजपुर जाने सडक अवरुद्ध

 उदयपुर । 

शनिवार बिहान १० बजेतिर परेको वर्षाले गर्दा उदयपुरको मैनामैनीबाट भोजपुर जाने सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङले दिएको जानकारी अनुसार उदयपुरको बेलाका  नगरपालिका वडा नं ८ स्थित भोजपुर जाने सडकमा पर्ने कोठू खोलामा बाढी आएपछि र पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

उदयपुरको मैनामैनी क्षेत्रबाट सो नदी पार गरेर भोजपुर जाने सडक निर्माण भएकोले वर्षाका कारण खोलामा बाडी आएको र माथिबाट पहिरो झरेको कारण सडक अवरुद्ध भएको र स्थानीय तथा प्रहरीको सहयोगमा अवरुद्ध सडकको माटो पन्छाउने काम भएको र खोलामा पानीको बहाव घटेपछि यातायात संचालन भएको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दोङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register