प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या

झापा, २० माघ । प्रेमीबाट छुटाउन विराटनगर महानगरपालिका–५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्या भएको खुलेको छ । हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको हो । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार [...] The post प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या appeared first on Jhapa Online.

Feb 2, 2025 - 02:25
 0
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या

झापा, २० माघ । प्रेमीबाट छुटाउन विराटनगर महानगरपालिका–५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्या भएको खुलेको छ ।

हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको हो । प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।

भारत बिहार प्रदेशको छपरा जिल्लामा घर भएकी उनी पुस पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि माघ ११ गते मा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’

चाँदनी मामाघर आएको र छरछिमेकीहरूले उनलाई नदेखेपछि गाउँघरमा हल्ला चल्यो । चाँदनी बेपत्ता भइन् । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरको हजुरबुवा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भएको थियो ।

The post प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register