होली पर्व मेलमिलापको प्रतीक : कनकाई नगर प्रमुख पोखरेल

कनकाई, १ चैत । झापाको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएकाले अनुशासित मर्यादित तथा व्यवस्थित भएर पर्व मनाउन नगर बासीमा आग्रह गर्नुभएको छ। रङहरूको विशेष पर्व होलीको अवसरमा शुक्रबार बिहान एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय [...] The post होली पर्व मेलमिलापको प्रतीक : कनकाई नगर प्रमुख पोखरेल appeared first on Jhapa Online.

Mar 14, 2025 - 01:09
 0
होली पर्व मेलमिलापको प्रतीक : कनकाई नगर प्रमुख पोखरेल

कनकाई, १ चैत । झापाको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएकाले अनुशासित मर्यादित तथा व्यवस्थित भएर पर्व मनाउन नगर बासीमा आग्रह गर्नुभएको छ।

रङहरूको विशेष पर्व होलीको अवसरमा शुक्रबार बिहान एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइने नगर प्रमुख पोखरेलको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्त्व रहेको समेत उहाँले बताउनुभएको थियोे ।

‘होलीको अवसरमा सबै कनकाई नगरबासीमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, नगर प्रमुख पोखरेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यसैबीच, उहाँले शुक्रबार होली खेल्ने क्रममा कसैको ईच्छा विपरीत रंग तथा लोला नहान्न आग्रह गर्नुभएको हो । नगर प्रमुख पोखरेलले महिला तथा अपरिचित व्यक्तिहरूसँग मन्जुरीबिना जबरजस्ती होली नखेल्न ,बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न सुझाव दिनुभएको हो ।

उहाँले अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउदै सम्पूर्ण नगरबासीमा अपिल समेत गर्नुभएको छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ ।

यस पटक बिहीबार हिजो उपत्यकासहित हिमाली र पहाडी जिल्लामा मनाएको छ भने आज शुक्रबार तराई सहित भित्री मदेशमा पर्व मनाईदैछ ।

The post होली पर्व मेलमिलापको प्रतीक : कनकाई नगर प्रमुख पोखरेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register