झापामा हात्तीको आतंक, घर भत्काएर धान खायो

झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिका–१ स्थित देवीगञ्जमा हात्तीले घरको बेरा भत्काएर अन्न खाएको छ । गए राति मेचीनगर नगरपालिका–१ देवीगञ्जका तुला लिम्बूको अन्नपात राखेको घरमा एक वटा जंगली हात्ती आएर उक्त घरको साइडको बाँसको टाटी भत्काएर कोठाभित्र रहेको अन्दाजी ५ मन धान खाएको छ । धान र घर समेत गरी करिब रू ४० [...] The post झापामा हात्तीको आतंक, घर भत्काएर धान खायो appeared first on Jhapa Online.

Apr 9, 2025 - 09:54
 0
झापामा हात्तीको आतंक, घर भत्काएर धान खायो

झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिका–१ स्थित देवीगञ्जमा हात्तीले घरको बेरा भत्काएर अन्न खाएको छ ।

गए राति मेचीनगर नगरपालिका–१ देवीगञ्जका तुला लिम्बूको अन्नपात राखेको घरमा एक वटा जंगली हात्ती आएर उक्त घरको साइडको बाँसको टाटी भत्काएर कोठाभित्र रहेको अन्दाजी ५ मन धान खाएको छ । धान र घर समेत गरी करिब रू ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उक्त हात्तीलाई जंगलतर्फ धपाएको छ । त्यस्तै, मेचीनगर–१ तल्लोबाँसेमा १२–१३ ओटा हात्ती आएर स्थनीय कमला राई र रमेश प्रधानको गरी अन्दाजी ८० ओटा सुपारीको बोट भाँचिदिएको प्रहरीले जनाएको छ ।

The post झापामा हात्तीको आतंक, घर भत्काएर धान खायो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register