दश लाख कविता संकलन गर्न झापाली युवा विश्व यात्रामा
झापा, २० माघ । अमेरिकामा बस्दै आएका झापा बिर्तामोड–२ चारपानेका कबिन्द्र सिटौलाले विश्व यात्रा शुरु गरेका छन् । प्रेम कविताहरु संकलन गरी विश्वकै बिशाल कविता ग्रन्थ ‘ग्रन्थ’ निर्माण तयारीका लागि सिटौलाले विश्व यात्रा शुरु गर्न लागेको जानकारी दिए । नेपालको पूर्वी जिल्ला तेह«थुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा जन्मिएका सिटौला सन् १९९१ देखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया [...] The post दश लाख कविता संकलन गर्न झापाली युवा विश्व यात्रामा appeared first on Jhapa Online.

झापा, २० माघ । अमेरिकामा बस्दै आएका झापा बिर्तामोड–२ चारपानेका कबिन्द्र सिटौलाले विश्व यात्रा शुरु गरेका छन् । प्रेम कविताहरु संकलन गरी विश्वकै बिशाल कविता ग्रन्थ ‘ग्रन्थ’ निर्माण तयारीका लागि सिटौलाले विश्व यात्रा शुरु गर्न लागेको जानकारी दिए ।
नेपालको पूर्वी जिल्ला तेह«थुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा जन्मिएका सिटौला सन् १९९१ देखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा गैर आवसीय नागरिकका रुपमा बस्दै आएका छन् ।
‘मेरो देश, प्रेमको देश’ भन्ने मुल नाराका साथ सिटौलाले विश्वका एक सयवढी देशको साहित्यिक यात्रा गर्ने बताए । उनले एक सय भन्दा वढी मुलकमा पुगेर नेपालका गौरवमय बिषय बस्तुका बारेमा जानकारी गराउने पनि उद्देश्य रहेको बताए ।
सिटौलालाई आज बिर्तामोड–२ स्थित चारपानेमा रहेको पर्शुराम पार्टी प्यालेसबाट सिटौला परिवारसहित उपस्थित ब्यक्तित्वहरुले बिदाई गरेका छन् । बिदाईसँगै उनी काठमाडौ पुगेर अमेरिका जाने र त्यसपछि विश्व यात्राका लागि निस्कने योजना रहेको बताउँछन् ।
ग्रन्थका लागि ७ लाख कविता सिटौलाले संकलन गर्ने र ३ लाख कविता इमेलमार्फत संकलन गर्ने योजना बनाएका छन् । ग्रन्थका लागि १० लाख कविता संकलन हुँदा २ हजार २ सय रिम कागज प्रयोग हुने र त्यसको तौल ४५ क्विन्टल हुने उनले अनुमान गरेका छन् ।
The post दश लाख कविता संकलन गर्न झापाली युवा विश्व यात्रामा appeared first on Jhapa Online.
What's Your Reaction?






