उमागौरी सहकारीका अध्यक्ष कारागार चलान 

काठमाडौँ । उमागौरी सहकारीका अध्यक्ष कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  अदालतमा चलेको तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि रौनियारलाई न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  उक्त सहकारीमा भएको ठगी प्रकरणमा […]

Feb 2, 2025 - 12:12
 0
उमागौरी सहकारीका अध्यक्ष कारागार चलान 

काठमाडौँ । उमागौरी सहकारीका अध्यक्ष कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

अदालतमा चलेको तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि रौनियारलाई न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

उक्त सहकारीमा भएको ठगी प्रकरणमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीको नाम पनि मुछिएको छ ।

सहकारीका अध्यक्ष रौनियार, पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलनमा मुद्दा दायर गरिएको थियो ।२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register