धरानबाट ८२ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा चौबिसेका २० वर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र. १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा [...] The post धरानबाट ८२ किलो गाँजासहित एक जना पक्राउ appeared first on Jhapa Online.

May 25, 2025 - 08:12
 0
धरानबाट ८२ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा चौबिसेका २० वर्षीय अर्जुन लिम्बु रहेका छन् । हिजो राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र. १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको छ ।

लागुऔषधसहित छ जना पक्राउ
यसैबीच, धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरान ११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू, १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर र धरान–१९ का १८ वर्षीय अनिस मगर रहेका छन् ।

हिजो राति वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो । लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

The post धरानबाट ८२ किलो गाँजासहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register