पुटिनले गरे युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ को आह्वान

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ गर्न आह्वान गरेका छन्। उनले  वार्ता मे १५ देखि नै सुरु हुनुपर्ने  बताएका छन्। शनिबार क्रेमलिनबाट गरिएको दुर्लभ टेलिभिजन सम्बोधनमा पुटिनले भने, “हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न गम्भीर वार्ता गर्न चाहन्छौं।” बेलायती प्रधानमन्त्री सर केइर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल […]

May 11, 2025 - 02:28
 0
पुटिनले गरे युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ को आह्वान

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ गर्न आह्वान गरेका छन्। उनले  वार्ता मे १५ देखि नै सुरु हुनुपर्ने  बताएका छन्।

शनिबार क्रेमलिनबाट गरिएको दुर्लभ टेलिभिजन सम्बोधनमा पुटिनले भने, “हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न गम्भीर वार्ता गर्न चाहन्छौं।”

बेलायती प्रधानमन्त्री सर केइर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन भ्रमण गरी रुसलाई बिना शर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेपछि पुटिनको यस्तो आव्ह्रान  आएको हो ।

यसबारे प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामीले यसबारे सोच्नैपर्छ ।’ तर उनले चेतावनी दिँदै थपे, ‘हामीमाथि दबाव दिन खोज्नु व्यर्थ हुनेछ।’

रुसी नेताले यस विषयमा छलफल गर्न आइतबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग कुरा गर्ने पनि बताएका छन्। किभले पुटिनको प्रस्तावमा अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले उल्लेख गरेको छ ।

मस्को र किभबीचको अन्तिम प्रत्यक्ष वार्ता तीन वर्षअघि युक्रेनमा रुसको पूर्ण-स्तरको आक्रमण सुरु भएलगत्तै भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register