अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन जसपा नेपालद्वारा कार्यदल गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ । संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनीषकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका […]

Feb 5, 2025 - 01:21
 0
अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन जसपा नेपालद्वारा कार्यदल गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ ।

संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनीषकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले किरात लिम्बूलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङ (पाथीभरा)को प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा समर्थन जनाएको थियो ।

जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमनकुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन भएको जनाइएको छ । साथै काठमाडौं उपत्यकामा आई बसोबास गर्ने र कार्य एवं व्यवसाय गर्ने मधेसी समुदायलाई सम्पर्क गरी पार्टीमा सङ्गठित गर्न राजकिशोर यादवको संयोजकत्वमा चार सदस्यीय टास्क फोर्स गर्न भएको बस्नेतले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register