बुढासुब्बा गोल्डकप : भुटानको आरटीसी क्लब सेमिफाइनलमा

काठमाडौं । २५औं संस्करणकाे बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको  छ । धरान रंगशालामा सोमबार भएको खेलमा आरटीसीले जागृतिलाई ४–१ गोलले पराजित गरेको हो  । अब आरटीसीले फाइनल प्रवेशका लागि चर्च ब्वाइजसँग खेल्नेछ । प्रतियाेगिताकाे अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार  एनआरटी  र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल […]

Feb 3, 2025 - 13:03
 0
बुढासुब्बा गोल्डकप : भुटानको आरटीसी क्लब सेमिफाइनलमा

काठमाडौं । २५औं संस्करणकाे बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको  छ ।

धरान रंगशालामा सोमबार भएको खेलमा आरटीसीले जागृतिलाई ४–१ गोलले पराजित गरेको हो  । अब आरटीसीले फाइनल प्रवेशका लागि चर्च ब्वाइजसँग खेल्नेछ । प्रतियाेगिताकाे अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार  एनआरटी  र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ । यसको विजेताले सेमिफाइनलमा भारतको युके एफसीसँग भिड्नेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी  शनिवार हुनेछ । गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register