७ महिनामा बैंकहरुको नाफा ३६ अर्ब बढी, नबिल बैंकको नाफा सबैभन्दा धेरै, सबैभन्दा कम एनआईसी एशियाको

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा (साउनदेखि माघसम्म) बैंकहरुको नाफामा झिनो सुधार देखिएको छ ।  माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३५ अर्ब ४९ करोड […]

Mar 10, 2025 - 08:57
 0
७ महिनामा बैंकहरुको नाफा ३६ अर्ब बढी, नबिल बैंकको नाफा सबैभन्दा धेरै, सबैभन्दा कम एनआईसी एशियाको

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा (साउनदेखि माघसम्म) बैंकहरुको नाफामा झिनो सुधार देखिएको छ । 

माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । 

चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले यसअवधिमा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचीको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमई बैंकले यसअवधिमा ३ अर्ब ८९ करोड र तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

यसअवधिमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा १ अर्बभन्दा तल छ । माघ मसान्तसम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम छ । यसअवधिमा बैंकले ४६ करोड ४७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register