दलित लाइभ्स म्याटरको टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ प्रसारण हुँदै
काठमाडौं । दलित लाइभ्स म्याटरको उत्पादन टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ बिहीबारदेखि प्रसारण हुने भएको छ । जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्वव्यापी अभियान दलित लाइभ्स म्याटरले तयार पारेको कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ माघ २४ गते बिहीबारदेखि हिमालयन टेलिभिजनमा प्रसारण हुने भएको हो । जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको […]

काठमाडौं । दलित लाइभ्स म्याटरको उत्पादन टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ बिहीबारदेखि प्रसारण हुने भएको छ । जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्वव्यापी अभियान दलित लाइभ्स म्याटरले तयार पारेको कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ माघ २४ गते बिहीबारदेखि हिमालयन टेलिभिजनमा प्रसारण हुने भएको हो ।
जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले यो कार्यक्रम उत्पादन गरेको जनाएको छ । जम्मा १२ अंकको पहिलो श्रृङ्खलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका युवा सहभागी हुने दलित लाइभ्स म्याटरका संस्थापक तथा अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।
जात व्यवस्था नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको ठहर गर्दै अभियानले समाधानमुखी संवाद अगाडि सारेको दलित लाइभ्स म्याटरको भनाइ छ । ‘विभेदकारी जात व्यवस्थाले दलित र सीमान्तकृत समुदायलाई आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विडम्बना! जात व्यवस्था, यसका आयाम र प्रभावबारे सिर्जनशील प्रश्न गरिएको छैन र समाधानमुखि संवाद हुन अझै सकेको छैन ।’
विभेदकारी जात व्यवस्थाले दलित र सिमान्तकृत समुदायलाई सबैभन्दा पीडामा पार्नुका साथै आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको निष्कर्ष संस्थाको छ । ‘दलित र सिमान्तकृत समुदाय विरूद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको छ । संरचनात्मक विभेद र बहिष्करण अझै जारी छ । जसको अन्त्य टाढा पर-परसम्म पनि देखिदैन,’ संस्थाको भनाइ छ ।
शान्ता नेपालीको निर्देशनमा तयार भएको टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ लाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्नेछन् । कार्यक्रमको हरेक अंकमा सात जना सहभागी हुनेछन् । जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे कार्यक्रमले प्रष्टता ल्याउने संस्थाको विश्वास छ ।
दलित लाइभ्स म्याटर २०७७ जेठ १० गते अन्तरजातीय विवाहको प्रयासमा रूकुम पश्चिममा भएको नवराज विक र उनका पाँच जना साथीहरूको हत्याको पृष्ठभूमिमा अस्तित्वमा आएको अभियान हो।
What's Your Reaction?






