लुम्बिनीमा वृहत योग प्रदर्शन

काठमाडौं । लुम्बिनीमा शुक्रबार वृहत योग प्रदर्शनको आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको आयोजनामा भगवान् गौतम बुद्धको जन्मस्थल तथा युनेस्केको विश्व सम्पादा सूचीमा रहेको लुम्बिनीमा योग प्रदर्शन गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहभागी भएका थिए । उनीहरूले महत्त्वपूर्ण कार्यक्रमको आयोजना […]

Jun 20, 2025 - 13:02
 0
लुम्बिनीमा वृहत योग प्रदर्शन

काठमाडौं । लुम्बिनीमा शुक्रबार वृहत योग प्रदर्शनको आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको आयोजनामा भगवान् गौतम बुद्धको जन्मस्थल तथा युनेस्केको विश्व सम्पादा सूचीमा रहेको लुम्बिनीमा योग प्रदर्शन गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहभागी भएका थिए । उनीहरूले महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा र भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गरेको भन्दै भारतीय राजदूतावासलाई धन्यवाद दिए । उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै योगमा रूची राख्ने ५०० भन्दा बढी सहभागी थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शान्ति र सद्भावको प्रतीकको लुम्बिनी रहेको चर्चा गरे । उनले कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा लुम्बिनी विकास कोषप्रति आभार व्यक्त गर्दै लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यसले खेल्ने बताए ।

भारतीय राजदूतावासले पोखरा महानगरपालिकासँगको सहकार्यमा शनिबार ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा रंगशालामा एक योग प्रदर्शन आयोजना गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register