बानेश्वरमा कांग्रेस नेतालाई भेटेर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे उपेन्द्र

काठमाडौं । पार्टी संसदीय दलको बैठक बसेर अध्यादेशका विषयमा निर्णय लिनुअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अध्यादेशका बारेमा निर्णय लिनका लागि बिहान ९ बजे तय भएको बैठक सारेर पहिले बानेश्वरमा नेपाली कांग्रेसका नेताहरूसँग भेट गरेका यादवले त्यसपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । जसका कारण […]

Feb 6, 2025 - 05:51
 0
बानेश्वरमा कांग्रेस नेतालाई भेटेर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे उपेन्द्र

काठमाडौं । पार्टी संसदीय दलको बैठक बसेर अध्यादेशका विषयमा निर्णय लिनुअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

अध्यादेशका बारेमा निर्णय लिनका लागि बिहान ९ बजे तय भएको बैठक सारेर पहिले बानेश्वरमा नेपाली कांग्रेसका नेताहरूसँग भेट गरेका यादवले त्यसपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

जसका कारण जसपा नेपालको संसदीय दलको बैठक केही पछि सरेको छ ।

संसदीय दलको बैठकमा अध्यादेश सम्बन्धी अध्ययनका लागि गठित कार्यदलको सुझावका विषयमा छलफल गरेर निर्णय लिने भनिएको छ । सरकारले दुवै सदनमा पेश गर्न लागेका ६ वटा अध्यादेश स्वीकृत गराउन जसपा नेपाल निर्णायक देखिएको छ । त्यसका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दुवैले जसपा नेपाललाई आ-आफ्नो पक्षमा उभ्याउने प्रयास गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register