युवा अभियान्ता सरोज बानियाँ “नेशनल सोसल वेलफेयर अवार्ड २०२४” बाट सम्मानित

काठमाडौं । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रीय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ “नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४” बाट सम्मानित भएका छन्। सिजन मिडिया प्रालिले विभिन्न विधाका १८ व्यक्तिहरु र संस्थालाई पाँचौं संस्करणको राष्ट्रिय समाज सेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड – २०२४) प्रदान गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा […]

Feb 5, 2025 - 14:21
 0
युवा अभियान्ता सरोज बानियाँ “नेशनल सोसल वेलफेयर अवार्ड २०२४” बाट सम्मानित

काठमाडौं । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रीय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ “नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४” बाट सम्मानित भएका छन्।

सिजन मिडिया प्रालिले विभिन्न विधाका १८ व्यक्तिहरु र संस्थालाई पाँचौं संस्करणको राष्ट्रिय समाज सेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड – २०२४) प्रदान गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन्।

युवाको क्षेत्रमा करिब डेढ दशकदेखि कार्य गर्दै आएका बानियाँलाई ७७ वटै जिल्लाका युवाहरुलाई विभिन्न कार्यक्रम तथा तालिममार्फत सशक्तिकरण गर्दै युवाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

बानियाँको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ। प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी ७ वटै प्रदेशका युवाहरुलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बाली र कृषि जैविक विविधता संरक्षणमा युवाको भूमिका, सूचना प्रविधि लगायतका विषयहरुमा कार्य गर्दै आएका छन्।

साथै, बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एशियाली राष्ट्रहरु सम्मिलित एशियन युवा सम्मेलनसमेत आयोजना  भएको थियो । उनी सन् २०२३ मा संयुक्त राष्ट्र संघले आयोजना गरेको इकोसक युथ फोरम २०२३ मा नेपाललाई प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको मुख्यालयमा सहभागीसमेत भएका थिए।

पछिल्लो समय बानियाँले सन् २०२५ लाई नेपाल सरकारकै अगुवाईमा पचासौं हजार युवाहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिने गरी राष्ट्रिय युवा वर्ष २०२५ मनाउनु पर्छ भन्ने कुरालाई जोडका साथ उठाइरहेका छन्।

“नेशनल सोसल वेलफेयर अवार्ड २०२४” बाट अन्य व्यक्तिहरु पनि सम्मानित भएका छन्। जसमा अमृत नारायण मानन्धर, हरिराज शर्मा अर्याल (हराश), सरला पन्थी, ईशा गुरुङ, कञ्चन राई, फुपुल्हामो लामा, प्रतिभा थापा, रविना महर्जन र राधिका खतिवडा छन्। यसैगरी राइना व्यञ्जनकार, सविता उप्रेती, सावित्री कुमारी अधिकारी, सुनिल यादव, जन्मदेव जैसी, अल्भटो लुजिइ रोम, सोमनाथ सापकोटा रहेका छन्।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो।

अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भूमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पब्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज, बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह केसी, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहेका थिए।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register