शौचालयभित्र थुनिएको घटनामा योगेश भट्टराईले भने – मलाई कुनै दुःख छैन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा थुनिएको विषयमा आफूलाई कुनै दु:ख नभएको टिप्पणी गरेका छन् । उनीविरुद्ध नाराबाजी भएको खबर सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । ‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् […]

Apr 19, 2025 - 11:14
 0
शौचालयभित्र थुनिएको घटनामा योगेश भट्टराईले भने – मलाई कुनै दुःख छैन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा थुनिएको विषयमा आफूलाई कुनै दु:ख नभएको टिप्पणी गरेका छन् ।

उनीविरुद्ध नाराबाजी भएको खबर सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् ।मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ,’ भट्टराईले लेखेका छन् ।

उनले ‘नो केबलकार’ समूहको तर्फबाट नाराबाजी गर्नेहरूलाई प्रायोजकको हतियार नबन्न र सामाजिक एकता र सद्भाव नबिगार्न पनि भनेका छन् । उनले ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो’ भन्दै विवेकले प्रयोग गरेर काम गर्न आग्रह गरेका छन् ।

भट्टराई शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका बेला ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

नेता भट्टराई शौचालय गएको समयमा उनलाई आन्दोलनकारीले शौचालयमा घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएको थियो । आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register