आजको मौसम : दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

झापा, २४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको [...] The post आजको मौसम : दुई प्रदेशमा हल्का हिमपातको सम्भावना appeared first on Jhapa Online.

Feb 6, 2025 - 03:46
 0
आजको मौसम : दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

झापा, २४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको अवधिमा कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।

‘बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

The post आजको मौसम : दुई प्रदेशमा हल्का हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register